पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ 'आउटलेट'
पाेखरा | भदौ ९, २०८१
पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ ।
भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुप द्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो ।
यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ ।
जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो ।
जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुल स्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।
नयाँ आउटलेटमा आकर्षक अफरहरु सहित एप्पल कम्पनीका उत्पादनहरु बिक्रि वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रिका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ ।
नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरिहरुलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

